Dignified Menstruation is Everyone’s Business

मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी


E-book
Rs 70
Paperback
Rs 70 Rs 100
Send as Gift!

पुस्तकको बारेमा

खलंगामा हमला’ पुस्तकका लागि मदन पुरस्कार विजेता लेखिका राधा पौडेलको हाते पुस्तक हो यो ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ ।

समाजमा महिनावारीलाई लिएर हुने गरेको गलत धारणा चिर्न मद्दत पुर्र्याउछ भन्ने सामाजिक अभियन्ता पौडेल भन्नुहुन्छ । महिनावारी भएको बेलामा आफूले १४ वर्षको उमेरमा घर छोड्नु रहर र बाध्यता भन्दा पनि विभेद र अपमानको पराकाष्ठा हो भन्दै लेखक पौडेलले ती धारणा गलत रहेको तथ्य र तर्क पुस्तकमा गरेकी छन् ।

महिनावारीको रगत महिनावारी भएकी किशोरी वा महिला, महिनावारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर पश्चिम नेपाल, पूर्वी नेपालमा मात्र नभएर विदेशमा रहेका नेपाली समाजमा पनि विभिन्न मिथ्या या भनौ असत्य अवैज्ञानिक धारणाहरू रहिआएको छ । हाते पुस्तिकाबाट सबै उमेरका विशेष गरेर स्कुल उमेरका बालबालिका, अभिभावक, कर्मचारी अभियन्ताले जानकारी हासिल गरुन् र महिनावारी मर्यादित बनाउन बहसको थालनी होस् भन्ने आफूले चाहेको उनले पुस्तकमा बताएकी छन् ।

About the Book

The book explains the actual responsibility of one towards dignified menstruation deconstructing all over 4 dozens myths and misconceptions. The foundation published the book for the sake of balanced human rights, peace, sustainable development, and most of all empowerment.


RELATED BOOKS