Manaswini's front cover

Manaswini

मनस्विनी
Manaswini's front coverManaswini's back cover

Paperback

Rs 490

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एउटी नवयौवना नारीसँग सौन्दर्य, प्रतिभा र स्वाभिमान – सबैसबै हुनु तर कुनै पुरुषको अहंको ग्रहणले पाइलैपिच्छे त्रास र अन्धकार छरिरहनु । अघिल्तिर हजार सम्भावनाका सगरमाथा हुनु तर अहङ्कार र रूढिवादले उन्मत्त समाजले खनेका खाडलको अन्त्यहीन शृङ्खला हुनु । बाँधिनु, बेचिनु, लुटिनु र दोबाटोमा फालिनु । यसैमा नियति पनि खलनायकको भूमिकामा उतारु हुनु । बचेखुचेको यौवनका सुकुमार सपना र रङ्गीन इच्छाको मालिक भने कुनै क्लीब हुनु, नपुंसक हुनु, सुस्त मनस्थितिको मानिस हुनु र अशक्त हुनु । सुनैसुनको पिँजडामा कैद ती नारीको जीवनको कल्पना गरौँ उनको त्रासद अतीत, भग्न वर्तमान र अनिश्चित भविष्यबारे मनन गरौं । उनलाई मर्यादा र नैतिकताका जन्जिरले सतीसावित्री बनाइरहनुपर्छ कि आत्मबलले सुनको पिँजडा तोडेर आफ्नो भविष्यको गाथा आफैँ लेख्ने अधिकार दिनुपर्छ ? यस प्रश्नको उत्तर त छ—तर हालसम्म अव्यक्त छ ।त्यस उत्तरलाई अभिव्यक्ति दिने उपन्यास हो 'मनस्विनी' । नायिका मनस्विनीको आत्मकथ्यभित्र नेपाली समाजको विगत र वर्तमानका अनगन्ती भुलहरू उनिएका छन् । असमान लैंगिक स्वभाव भएका मानिसहरूमाझ बलात् उभ्याइएको समानताको किल्ला समयसँगै कसरी भत्कन्छ र त्यसको भग्नावशेषमा मर्म र इच्छाहरू कसरी दमित हुन पुग्छन्—'मनस्विनी' का अश्रुसिक्त पानाहरूले भन्नेछन् । भग्नावशेषकै छातीमा पनि नयाँ सपनाको बाली कसरी उमार्न सकिन्छ - यो पनि यसै कथाको कथासारमा कतै भेटिनेछ ।
-महेश पौड्याल

All Editions

9789937987967
Paperback
ISBN13: 9789937987967
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review