Malama Nauniyeka Phoolharu
Malama Nauniyeka PhoolharuMalama Nauniyeka Phoolharu

Malama Nauniyeka Phoolharu

मालामा नउनिएका फूलहरू

Paperback
Rs 427Rs 475
Genre:Literature/Essays
Language: Nepali
Published:February 25, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937751834
ISBN10:9937751837
Pages:324

पुस्तकको बारेमा

स्तकमा डा. बरालका विभिन्न काल खण्डका अनुभूतिहरु सङ्कलित छन् । आमाबाबुका कुरा, हिजो र भोलि, बिहेका कुरा, साना सबैका लागि, वर पिपल समी र सुगा, कृष्णसारका कष्ट, कुकुरका कुरा, मृगसँग बातचित्र, अतिथि आसनमा अलमल, विद्वान् र बुद्धिजीवी, के राम्रो के नराम्रो, अपरिचित परिचित भएपछि, तीनओटा पोर्टको रहर, अमेरिकी प्रोफेसरको सरल मन्तव्य, बालीको बास, फिलिपिन्सको सङ्घीयता, संसद विघटनदेखि संसद विघटनसम्म, नेपालको शिक्षामा मेकालेको मनोमानी, वैदिक दर्शनः गुरुकुलीय शिक्षाको आधार र अदावी गरी विभिन्न विषयवस्तु र परिवेशका २० वटा अनुभूतिहरु कृतिमा सङ्ग्रहित छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

 ऊ आक्रामक रूपमा प्रस्तुत भयो र भन्यो, 'बेलुका फर्केर उही ल्याम, चिकन, फिस खाने होला नि ? ती कहाँबाट आउँछ थाहा होला नि ? अरूको जीवन मारेर उसको शरीर खाने पनि शान्तिप्रिय ? रगतमा रमाउने पनि शान्तिप्रिय ? हामी हाँ शान्तिप्रिय । हामीले कुनै प्राणीको जीवन खाँदैनौं । हामीले रगत खादैनौं ।त्यो मृग हतार हतार अलि कम घाँसे मैदान भएतिर गयो । म उसको पछि पछि लागें ।
"अलि छिटो छिटो हिँड । तिम्रो जस्तो हिँडाइ भए त हामीलाई सिंहले क्वाप्पै पारिदिन्छ । हामीलाई त बाँच्चै कठिन छ । हेना हामीलाई नै खान आउँछ, सिंह हामीलाई ताक्छ, ब्वाँसो हामीलाई नै ताक्छ । तिमी जस्ता मान्छेले पनि पाए भेट्टाए हामीलाई मार्न चाहन्छन्, हाम्रा चोक्टा चोक्टा लुछ्न चाहन्छन् । सारै जोगिएर बाँच्नुपर्छ । आज बाँचै भनेर हुँदैन, अहिले बाँचे भनेर हुँदैन, जति बेला पनि शत्रु हामीलाई खान तयार भएर बसेको हुन सक्छ । त्यसैले हामी हिँडेका हिड्यै हुन्छौं । दौडेका दौड्यै हुन्छौं । हामीले त अल्पायु जीवन बिताएका छौं । हाम्रो सामयिक मृत्यु कहिल्यै पनि हुँदैन', मृगले भन्यो ।।