Ma Ko Hun

Ma Ko Hun

म को हुँ

Paperback
Rs 500
Genre:Novels
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937000215
ISBN10:9937000211

पछिल्लो बाहिरी पृष्ठबाट

लिलाराज खतिवडा काठमाण्डौको आरआर कलेजबाट पत्रकारिता र राजनीति शाष्त्रमा स्नातक हुन् । जनस्वतन्त्रता साप्ताहिकबाट बि.सं. २०५१ देखि पत्रकारिता शुरू गरेका उनले त्यसपछि। राजधानीबाट प्रकाशित हुने विभिन्न दैनिक तथा साप्ताहिक 'अखवारहरूमा संवाददाता तथा स्तंभकारका रूपमा काम गरे । अनुसन्धान पत्रकारिता उनको खासियत हो । पत्रकारिताबाट क्रमशः दर्शन, चित्रकला तथा साहित्यको आयाममा सर्केका लिलाराजले एक दशक भन्दा बढी अध्ययन र अनुसन्धान पश्चात यो उपन्यास लेखेका हुन् । समिक्षकहरू 'म को हुँ उपन्यासलाई नेपाली साहित्य जगतमा गरिएको एउटा अभूतपूर्व र फरक प्रयोग ठान्छन् । आफ्नो शशक्त भाषा शक्तिका कारण अप्ठ्यारो भन्दा अप्ठ्यारो विषयलाई पनि केलाएर सबैले बुझने गरी प्रस्तुत गर्न सक्नु लिलाराजको कलमको खुबी हो । म को हुँ' को प्रकाशनसँगै न्युजपोर्टलहरूमा उनले अनेक प्रयोगको रसायनमा लगातार विभिन्न कथाहरू प्रकाशित गरे । पछिल्लो समय उनी सामाजिक सञ्जालहरूमा आफ्नो प्रष्ट र धाराप्रवाह वाणीका कारण चर्चामा छन् । उनको 'नयाँ शाषक' भन्ने कथा संग्रह प्रकाशोन्मुख छ ।