Loktantrama Nagarik Samaj

Loktantrama Nagarik Samaj

25 Barsako Samixya

लोकतन्त्रमा नागरिक समाज: २५ वर्षको समीक्षा

पुस्तकको बारेमा

नागरिक समाज यो अवधारणा नेपाली प्राज्ञिक र गैरप्राज्ञिक प्रयोगमा छिरेको खासै लामो समय नभए पनि अहिले अध्येतादेखि, पत्रकार, सामाजिक अभियन्ता र सामान्यजन सम्मले सहजतासँग यो शब्दावली उच्चारण गरेको पाइन्छ । सामान्यत: गैरसरकारी संस्थाको पर्यायवाची रूपमा नागरिक समाजलाई प्रयोग गरिएको देखिन्छ, जुन सही होइन । यद्यपि, नागरिक समाजको परिभाषा र यसका चौघेराबारे प्राज्ञिकहरूमाझ पनि मतैक्य देखिन्न । लोकतन्त्रमा नागरिक समाज : २५ वर्षको समीक्षा ले नागरिक समाजको अवधारणा, यसको अभ्युदय, र २०४६ सालपछि नेपालमा नागरिक समाजले खेलेको भूमिकालाई अभिलेखबद्ध गर्छ । यसले नागरिक समाजका संगठनका सकारात्मक योगदानलाई मात्र अघि सारेर सफलताका कथा पस्कँदैन, बरु तिनले गरेका कामको समालोचना गर्छ । सामाजिक संघ-संस्थाबारे विद्यमान कानूनी अवस्थाको समीक्षा सहित तिनले प्रभावकारी रूपले काम गरेको ठानिएका क्षेत्र सामाजिक आन्दोलन, सामाजिक विकास, नागरिक सहभागिता, सार्वजनिक वृत्त मा यो पुस्तक केन्द्रित छ । परिचय सहित १८ अध्यायमा बाँडिएको यो पुस्तक नेपाली नागरिक समाज, लोकतन्त्र र सामाजिक रूपान्तरणबारे चासो राख्ने अध्येता, विद्यार्थी, सामाजिक अभियन्ता, नीतिनिर्मातालाई उपयोगी छ ।