Lekhak ki Chhori
Lekhak ki ChhoriLekhak ki Chhori

Lekhak ki Chhori

लेखककी छोरी

E-book
Rs 145
Paperback
Rs 265 Rs 295
Genre:Short Stories
Language: Nepali
Published:February 18, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734172
ISBN10:9937734177
Pages:150

पुस्तकको बारेमा

लेखककी छोरी पुस्तकमा समेटिएका कथाहरूमा लेखकले जन्मभूमिको माया, शरणार्थी जीवनका होची-अर्घेलीसँगै मानिसका विविध भोगाइलाई लिपिबद्ध गरेका छन् । विषयलाई, आफ्नो जीवनभोगाइौं, अनपेक्षित तर कौतूकमय अवतरण गर्नु उनको लेखनको विशेषता हो र यी कथाहरू पनि त्यही विलक्षणताले ओतप्रोत छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

जे.एन. दाहाल सन् १९८९ मा भुटानको सर्वाङमा जन्मेका हुन् । त्योताका भुटान सरकारले नेपालीभाषी नागरिकमाथि उत्पीडनको सिलसिला शुरू गरिसकेको थियो । सरकारी अत्याचारले सीमा नाघ्दै गएपछि असङ्ख्य नेपालीभाषी मातृभूमि छाड्न बाध्य भए । जे.एन. का अभिभावक पनि ज्यान जोगाउन नेपाल पुगे । अढाई वर्षको उमेरमा अभिभावकको काखीमा च्यापिएर झापाको गोलधाप शरणार्थी शिविरमा आश्रय लिन पुगेका जे.एन. को लगभग दुई दशक त्यहीं बित्यो । त्यहीं उनले शिक्षादीक्षा लिए; कुनै पनि मानिस आफू जन्मेको देशमा हुनु र नहुनुले कति फरक पार्दो रहेछ भन्ने कटु अनुभव गर्न पाए; आफू जन्मेको माटाको, आफ्नो माटाको अर्थ खुट्याउन सक्ने सामर्थ्य हासिल गरे ।

घरफिर्तीको आशामा शरणार्थी जीवन बाँचिरहेका जे.एन. र जे.एन. हरूका लागि करीब एक दशकअघि जूनकीरीको उज्यालो बनेर एउटा प्रस्ताव आयो– तेस्रो देशमा पुनःस्थापना | आफ्नो थातथलोको सुगन्ध फेरि लिन पाउने सम्भावना दूर क्षितिजमा पनि नदेखिएका बेलाको त्यो प्रस्ताव जे.एन. हरूले स्वीकार गरे । त्यसैमा डोरिएर जे.एन. चाहिँ अमेरिका पुगे । त्यही बेलादेखि उनी पेन्सिलभेनियाँमा सपरिवार बसोबास गरिरहेका छन् ।

'लेखककी छोरी' जे.एन. को पहिलो पुस्तकाकार कृति हो । यसमा समेटिएका कथाहरूमा उनले जन्मभूमिको माया, शरणार्थी जीवनका होची-अर्घेलीसँगै मानिसका विविध भोगाइलाई लिपिबद्ध गरेका छन् । विषयलाई, आफ्नो जीवनभोगाइौं, अनपेक्षित तर कौतूकमय अवतरण गर्नु उनको लेखनको विशेषता हो र यी कथाहरू पनि त्यही विलक्षणताले ओतप्रोत छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode