Delivery in 1-3 days
नेपाली साहित्यमा समालोचना र निबन्धका क्षेत्रमा विशेष पहिचान बनाएका कृष्णचन्द्रसिंह प्रधानको 'कवि व्यथित र काव्यसाधना' बहुचर्चित कृति हो । यो आफैमा समालोचना हो, तापनि यसले प्रधानको नैबन्धिक स्वाद बलियोसँग प्रस्तुत गरेको छ । पूर्वीय र पाश्चात्य साहित्य तथा दर्शनको गहिरो अध्ययन चिन्तनको परिचय दिने यस समालोचना ग्रन्थले समालोचनाका गोरेटोमा हिंड्ने नव पथिकहरूलाई बलियो पाइला चालेर हिंड्न सिकाउँछ । यस समालोचनाले व्यथितका कविताको सौन्दर्य चिन्तन मात्र नगरेर नेपाली कविताको एउटा युगको समेत चिन्तन गरेको छ । व्यथितको कविता चिन्तनमा केन्द्रित यस ग्रन्थले कविता चिन्तनका विविध आधारहरू प्रदान गर्नुका साथै कविताको सौन्दर्यपान गराउने दृष्टिकोण प्रदान गर्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review