Karnali ko Chheuchhau
Karnali ko ChheuchhauKarnali ko Chheuchhau

Karnali ko Chheuchhau

कर्णालीको छेउछाउ

Paperback
Rs 300
Genre:Novels
Language: Nepali
Published:August 08, 2013
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937268073
ISBN10:9937268079
Pages:438

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं २००५ भदौ ५ गते अछामको दर्ना गाविस पाटेखेत गाउँमा जन्मिनुभएका आख्यानकार गगनसिंह थापाले वि.सं. २०२९ सालसम्म आफ्नो जीवनका सुख दुःखहरू अछाममा व्यतीत गर्नुभयो । यसबीच सुरुमा डोटीको घाँगल र अछामको मंगलसेनमा गरी तीन वर्षउहाँ प्रहरी सेवामा कार्यरत रहनुभयो र त्यसपछि शिक्षण पेसा अँगाल्नुभयो ।

२०२९ देखि कैलालीको कटाक्षेमा बसोबास गर्दै आउनु भएका थापाले २० सालसम्म अरुणोदय माविमा शिक्षकका रुपमा सेवागर्नुभयो । अरुणोदय स्कूलको स्थापनामा उहाँको महत्वपूर्ण योगदान रहेको छ। २०३६ सालपछि उहाँको जीवन राजनीति र समाजसेवामा समर्पित रहँदै आएको छ ।

साहित्यका विविध विधाहरु मध्ये कविता कथा र उपन्यासमा विशेष रुचि राख्ने थापाले धेरै कृतिहरूको रचना गर्नुभएको छ तर प्रकाशनका हिसाबले वि.सं. २०३५ सालमा कर्णबहादुर थापासँग मिलेर "सोह्र सौगात" नामक कथा संग्रहमात्र प्रकाशित भएको देखिन्छ। यस कथा सङ्ग्रहमा उहाँका दसोटा कथाहरू सङ्गृहीत छन् । आफ्नो जीवन भोगाइका क्रममा उहाँले अनुभूत गर्नुभएका कुराहरुलाई "कर्णालीको छेउछाउ" नामक यस अनुभूति आख्यानमा अभिव्यक्त गर्नुभएको छ । कर्णालीको छेउछाउ र अझ डोटी अछाम र कैलालीको सेरोफेरो यस कृतिभित्र प्रतिबिम्बित भएको छ। त्यस भेगको समाज संस्कृति र त्यहाँका पीडाहरूलाई यस कृतिले जीवन्त अभिव्यक्ति दिएको छ ।
 

RELATED BOOKS