E-book

Rs 95

Paperback

Rs 498

Delivery in 1-3 days

"महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।"

– गोविन्दबहादुर मल्ल 'गोठाले', बगर साहित्यिक पत्रिका

"साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।"

– डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३)

"आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।"

– रमेश विकल, अफ्रिकन अमिगो (२०६०)

"संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।"

– मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९)

"कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।"

– मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५)

All Editions

9789937866668
Paperback, 1st Edition
ISBN13: 9789937866668
FinePrint, 2013

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review