Itar Kabita
Itar KabitaItar Kabita

Itar Kabita

इतर कविता

Paperback
Rs 725
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937070515
ISBN10:9937070511

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यमा पहिचानको मुद्दाको स्वरलाई तीखो पार्ने काम सिर्जनशील अराजकताबाट भएको हो । 'उत्तरवर्ती सोच, रङ्गवाद', 'फरक आयाम', 'उन्मुक्त। पुस्ता' वा 'कुकुर कविता यी सबै आन्दोलनहरूले नयाँ नयाँ सिराबाट केही न केही विशिष्टताहरु थप्दै आइरहेका छन् । सीमान्तमा पारिनुको स्वरलाई जोड दिदै समानान्तर अस्तित्वको हकदावी गरिरहेका छन् । पहिचानको लडाईमा यी आन्दोलनहरूको सांस्कृतिक विविधतायुक्त विशिष्टता छ, आत्मरक्षासहितको बलियो जग छ । नेपाली साहित्यको यही जगमा उभिएको नयाँ आन्दोलन हो - “इतर आवाज” |

'इतर आवाज'को यो 'इतर कविता' कृति नश्लवादी जातिभेदले भोग्न बाध्य । पारेका विहङ्म अनुभवहरुको समष्टि हो । आन्तरिक उपनिवेश, भाषिक, धार्मिक सांस्कृतिक अतिक्रमणहरुका विरूद्ध उठाइएको सीमान्त मानिसहरुको बलियो र साझा स्वर हो । 'पहिचानको आन्दोलनमा घनिभूत प्रयोग र तीव्र क्रान्तिकारिताको जोडबल हो । 'सामाजिक न्यायको हुटहुटीमा प्राप्त हुने स्वादका कारण यी कविताहरु पेचिला र चर्का छन् । मानक मानिएका नेपाली कविताहरुले दिने एकल जातीय अनुहारका अघि यी कविताहरुको बहुलता नयाँ। नेपाली सौन्दर्य-चेत पनि हो ।

'इतर कविताहरुको अन्तर्यमा खास नेपालीपन'को खोजी भएको छ । मौलिक दार्शनिकताको हिसाबकिताब गरिएको छ । नेपाली' भनिएका वा मानक मानिएका कविताहरुले आजसम्म पढाइरहेको पश्चगामी विचारधारासित जुध्नसक्ने सामर्थ्य बलियो बनाइएको छ । यो कृति पहिचानको आन्दोलनमा वयस्कताको बिम्ब हो । गुरिल्ला जस्ता लाग्ने कविताहरूमा नेपाली कविताको चेतप्रति कठोर आत्मसमीक्षा छ । गम्भीर विमर्श गरिए नेपाली कविताको तय़ाइ। अझ बलियो हुनेछ, हुन्छ ।

 

RELATED BOOKS