Damini Bheer
Damini BheerDamini Bheer

Damini Bheer

दमिनी भीर

Paperback
Rs 495Rs 550
Genre:Contemporary Fiction
Language: Nepali
Published:2013
Edition:4th
Paperback
Origin:Nepal
ISBN13:9789937705080
ISBN10:9937705088
Pages:290
Weight:200 g

पुस्तकको बारेमा

दमिन भीर उपन्यासमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा उठ्ठान गरिएको छ । आदिकालदेखिको मानिसको मुन्दुमि आस्था र शिशिष्टता यस उपन्यास भित्रका पात्रहरुले बोक्छन् । नेपाली समाजको शैली, बस्तुस्थिति, रहनसहन र उनीहरुको आस्था जस्ताको तस्तै स्थापित गर्न सक्नु यस उपन्यासको विशेषता हो । यहाँभित्रका प्रसङ्ग र पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं । यस किताब तिनीहरुकै कथा, व्यथा र मुद्धा बोकेको ऐतिहासिक दस्तावेज हो ।

About the Book

The small slope: A Novel. Set in the rural hills of the Eastern part of Nepal, the book revolves around the social lives of the characters that stay in the village of Damini Bhir. The story sets itself during the 10 year insurgency period of Nepal. The aakhyan revolves around the lives of different characters such as Lachhi, Kancho, Kanchi Damii, Nembang, Birman, Hangdima etc. The author presents the present and past stories of different characters by weaving them in a simple but artistic plot

पछिल्लो बाहिरी पृष्ठबाट

राजन मुकारूङ सत्ताइतरको आवाजलाई प्रखर रूपमा उठान गर्ने लेखक हुन् । साहित्य लेखनमा 'हेत्छाकुप्पा' उपन्यास मार्फत उनले जातीय मुक्ति र नश्ल चेतनाको मुद्दालाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । यस उपन्यास 'दमिनी भीरमा उनले सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञान र कार्यव्यवहारलाई नौलो शैलीसहित यथार्थ चित्रण गरेका छन् ।

'म मुन्दुमि संस्कार बोकेर बाँचिरहेको मानिस हुँ। यस 'दमिनी भीर' उपन्यासमा मैले जुन भुगोल लेखेँ, त्यहाँको समाज, संस्कृति र सभ्यता वा त्यो मुन्दुमि विशिष्टता मेरो लेखनशैलीको विरासत हो । त्यहाँको जीवन-पद्धति मेरो दर्शन हो । त्यही दर्शन लेखेर आज पुरस्कृत हुन पाउँदा फेरि पनि म आफ्नो संस्कृति र सभ्यताप्रति नतमस्तक रहन्छु ।'

- राजन मुकारूङ

मदन पुरस्कार समारोह, लेखक मन्तव्य अंश

'यस वर्षको पुरस्कारको जति चर्चा भए पत्रिका र एफ एमहरूमा, त्यो एकदमै नौलो थियो । त्यसबाट गुठीका हामी सबै अत्यन्त उत्साहित भएका छौं । राजन मुकारूङज्यू, तपाईंले गुठीलाई गुन लगाउनुभएको छ । हामीले यसपटक तपाईंको कितापलाई पुरस्कृत गरेपछि जस पाएका छौं । काम गर्नुभयो तपाईंले जस पायौँ हामीले । अर्को कुरा, युवावर्गमा यो पुरस्कार पुऱ्याउनसमेत तपाईंले हामीलाई सघाउनुभयो । हामी तपाईंप्रति कृतज्ञ छौं । धन्यवाद ।'

-कुन्द दीक्षित

मदन पुरस्कार समारोह, गुठी सदस्य सचिव मन्तव्य अंश