Hey Krishna
Hey KrishnaHey Krishna

Hey Krishna

हे कृष्ण

Paperback
Rs 999
Genre:Religion
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937711784
ISBN10:9937711789

पछिल्लो बाहिरी पृष्ठबाट

यो पुस्तक मुख्यतः श्रीमद्भागवत र महाभारतका घटनाक्रममा आधारित कृष्णकथा हो, यहाँ भगवान् कृष्णको अवतरणदेखि तिरोधानसम्मका मुख्य मुख्य लीला समेट्ने प्रयास भएको छ । तर यो केवल कृष्णलीलाको वर्णनमा सीमित छैन, कृष्णलीला र कृष्णदर्शनमाथि थप चिन्तन र व्याख्या पनि पाइन्छ जसलाई लेखकको मौलिक योगदान मान्न सकिन्छ ।

पुस्तक अनुसन्धानमूलक छ । पढ्दै गर्दा जीवन र जगत्‌को तस्बिर हेरिरहे जस्तो अनुभूति हुन्छ, आफूले भोग्दै गरेको वस्तुस्थिति देखिरहेको महसुस हुन्छ । पद, प्रतिष्ठाको हिसाबले ठूला बडा बन्न त्यति गाह्रो नपर्ला, तर असल बन्न भने साँच्चिकै कठिन हुँदो रहेछ । सत्य, धर्मको पथमा लाग्नेले दुःख, असहजता भोग्नै नपर्ने भन्ने होइन, तर अन्त भने अवश्य राम्रो हुन्छ, अन्ततः सत्य, धर्मकै विजय हुन्छ, सत्य, धर्मको अवहेलना गर्नेको भने विनाश अवश्यम्भावी हुन्छ । धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः । सम्भवतः यसको पुष्टि यो पुस्तकमा पाउनुहुनेछ ।