Bhuchandra Baidhya

भूचन्द्र बैद्य

भक्तपुरमा जन्म भई नेपाल र भारतमा अध्ययन गरेका डा. भूचन्द्र बैद्य एक ताका त्रिभुवन विश्वविद्यालय, केन्द्रिय अर्थशास्त्र विभागका प्राध्यापक एवं प्रमुख थिए । उनले केही समयकाल देश-विदेशमा शिक्षा योजनाकार तथा मानव विकाश अर्थशास्त्रीका रूपमा कार्य गरे। तत्पश्चात उनी पेशागत जीवनबाट स्वेच्छाले अवकाश लिई आध्यात्मिक विषयतर्फ आकर्षित हुन पुगे । अर्थशास्त्र र शिक्षा सम्बन्धी उनका पुस्तक, लेख आदि देश-विदेशमा छापिएका छन् । हालै प्रकाशित उनको अंग्रेजी भाषाको Essence of the Gita: Towards A Wholesome Living THPT पस्तक पनि धेरै चर्चित भएको छ । अर्थशास्त्र-शिक्षाबाट अध्यात्मतर्फको यात्राको थालनी कसरी भयो भनी प्रश्न गर्दा उनी भन्छन, “जीवन एक अद्भुत रहस्य हो, सब श्रीकृष्ण-कृपा हो । बस, यति बुझे पुग्छ । होला ।"

 

Books by Bhuchandra Baidhya