Hansa

Hansa

हंस

Paperback
Rs 360Rs 400
Genre:Contemporary Fiction
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937934251
ISBN10:9937934257
Dimensions:5.0 x 7.8 x 0.5 inches
Weight:197 g

पुस्तकको बारेमा

"शेर सिंहसँग महाभारतका सिडीहरूको कलेक्सन नै थियो तर तिनलाई शृङ्खलाबद्धरूपले नराखेकोले सिडी अन गर्दा कहिले पाण्डवहरू जन्मेको दृश्य देखिन्थ्यो, त कहिले भीष्म पितामह र अर्जुनबीच युद्ध हुन लागिरहेको । कहिले द्रौपदीको चीरहरण देखिन्थ्यो, त कहिले चक्रव्यूहमा फसेको अभिमन्यु !"

"म र विजय दुई दाजुभाइमात्र बुवाआमाका सन्तान । एम.ए. पास गरेर म लेखक हुनतिर लागेँ । विजय समाजको रुपान्तरण कलमले होइन, बन्दुकले हुन्छ भन्दै क्रान्तिमा होमियो । माओवादीहरू मूलधारमा आएपछि भने किन हो ऊ जनसेना त्यागेर कतारतिर उड्यो । त्यहाँको शहरी भिडभाडबाट टाढा मरुभूमिमा उँट चराउन थाल्यो ।"

पछिल्लो बाहिरी पृष्ठबाट

यथार्थवाद र स्वैरकल्पनाको मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय सङ्कट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईर्ष्या र हिंसासँग जोडिएका मानवीय अनुभवलाई यस उपन्यासले केलाएको छ ।

साथै, आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मानवेतर प्राणीका कथालाई मानवीकरण गर्दै मानव-केन्द्रित विश्वदृष्टिलाई केही हदसम्म विस्थापित गर्ने कोसिस गरेको छ ।