Green Towel
Green TowelGreen Towel

Green Towel

ग्रिन टावेल

Paperback
Rs 300
Genre:Stories
Language: Nepali
Published:September 26, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937939669
ISBN10:9937939666

पछिल्लो बाहिरी पृष्ठबाट

कथामा जीवन उतार्नु, जीवनमा प्रेम, संवेग, यौन मनोविज्ञानलाई दर्शाउनु कथाकार शान्ति शोको विशेषता हो । मानिसको स्वभावलाई कतै देखिने गरी र कतै नदेखिने गरी कथा बुन्नसक्ने कलाले नै उनका कथा जीवन्त बनेका छन् । समाजमा देखिएका, सुनिएका र भोगिएका विषयवस्तुमा रचित कथाले हृदयलाई नजिकबाट छुन्छ । कथाकार शर्मा सृजनाको नाममा पाठकमाथि अन्याय गर्नु हुँदैन भन्ने कुरामा सचेत छिन् । नारीमाथि हुने विभेदको विरोध गर्दै सामाजिक, धार्मिक, साँस्कृतिक दृष्टिकोणमा समानताका लागि उनले कथाका माध्यमबाट वकालत गरेकी छन् । कोमलता, समर्पण, सहनशीलता नारीको विशेषता भए पनि नारीभित्रका क्रूरता, बदमासी र बेइमानीलाई केलाउनसमेत उनी पछि परेकी छैनन् । आख्यानका माध्यमबाट नयाँ विषय, नयाँ जीवनदृष्टि र नयाँ शिल्पको प्रयोग गर्दै सृजनात्मक यात्रा निरन्तर कायम रहोस, शुभकामना ।

- श्रीओम श्रेष्ठ 'रोदन'