Gharko Shiksha
Gharko ShikshaGharko Shiksha

Gharko Shiksha

घरको शिक्षा: संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ

Paperback
Rs 895
Genre:Teaching Resources & Education
Language : Nepali
Published: February 08, 2024
Paperback
Origin:Nepal
ISBN13:9789937780414
ISBN10:9937780411
Pages:471
Dimensions:5.1 x 8.2 x 1.1 inches
Weight:377 g

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तक लेखनमा दामोदर न्यौपानले आफ्नै धार सिर्जना गर्नु भएको छ। समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खाससरी सामाजिक, सांस्कृतिक, शिक्षा, बालबालिका, बालमनोविज्ञान, सिकाइ, बालव्यवहार, मनोसामाजिक विश्लेषण र समसामयिक विषयवस्तुमा दख्खल राख्नु हुन्छ । दुई दशकदे खि कान्तिपुर दैनिकमा क्रियाशील न्यौपाने बालकेन्द्रित पत्रिका कोपिलाको पूर्वसम्पादक समेत हुनुहुन्छ । विषय वस्तुलाई निर्भिक ढंगले उठाउनु न्यौपानेको लेखनका विशेषता हुन् । शशस्त्र युद्धको बेला राज्य र विद्रोही पक्षले दिएको तनावको परबाह नगरी कार्यक्षेत्रमा डटेकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी सम्बाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान पुरस्कार पाउनु भएको छ । एम्बुसमा ६ वर्ष, कर्म सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णीम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ, दासप्रथाको नयाँ रूप जस्ता चर्चित पुस्तकका लेखक न्यौपाने सम्पदा संरक्षण, बालमैत्री व्यवहार र अभिभावक शिक्षाका परामर्शदाता र अभियन्ता समेत हुनुहुन्छ । सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेको बालबालिका, शिक्षा, सिकाइ केन्द्रित लेखनको अर्को श्रृखला हो घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ । पुस्तकमा संस्कारयुक्त व्यवहार, लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र भेटिन्छन् । पुस्तक शिक्षक, अभिभावक, नीति निर्माता र