Ghar Farkiraheko Manis

Ghar Farkiraheko Manis

घर फर्किरहेको मानिस

Paperback
Rs 199
Hardcover
Rs 300
Genre:Poetry
Language : Nepali
Published: December 12, 2016
Paperback
Origin:Nepal
ISBN13:9789937856355
ISBN10:9937856353
Pages:120

Hardcover

Pages:120

पछिल्लो बाहिरी पृष्ठबाट

पारदर्शी चहकिला ऐनऐनाको पक्तिजस्ता देखिन्छन् रमेश क्षितिजका कविता ! अथवा जसरी उः त्यो पहाड वा त्यो डाँडाबाट अर्को डाँडा पुग्दा पनि फेरि बाँकी हुन्छ आकाश ! हो त्यसरी नै भाव वा संवेदना विस्तार हुन्छ उनका कवितामा । त्याहाँसम्म पुगें भनेको फेरि आँखाअगि देखिन्छ अर्को बाटो, अर्को शिखर, अर्को आकाश । नवीन, मौलिक र जुठो नपारिएका निजी बिम्बहरुको निर्माण र प्रयोग गर्छन् क्षितिज ।

बिम्बमा प्रस्तुत हुने, काव्यिक वस्तुसँग आफू हस्तान्तरित हुने, काव्यिक चित्रसहित अन्त्यमा विचार प्रक्षेपण गरिने, प्रकृतिलाई मानवीकरण गरेर आफ्नो कथा भन्न लगाउने तथा बिम्ब, प्रतिक. लय, शब्दयोजना, संवेदना र अर्थमा विशेष जोड दिदै भाषाको लय, सङ्गीतको स्पर्श र संरचनामा रचित रमेश क्षितिजका कविता बुझ्नुपहिले वा अर्थको स्तरमा पुग्नुअगावै संवेद्यसमेत हुन्छन् । यिनै निजत्व र मौलिक परिचयले अर्थपुर्ण छन् उनका कविताहरु । - तुलसी दिवस

रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘अर्को साँझ पर्खेर साँझ' कविता संग्रह प्रकाशित छ ।