Dungal
DungalDungal

Dungal

दुङाल

E-book
Rs 240
Paperback
Rs 484
Genre:Novels
Language: Nepali
Published:August 10, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734677
ISBN10:9937734673

पछिल्लो बाहिरी पृष्ठबाट

तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथावस्तु हुन् । यसले मानव सभ्यतामा देखिएको अत्यन्त अप्ठ्यारो र त्रासदीपूर्ण युग अनि त्यसले निम्त्याएका शरणार्थीहरुमार्फत विकसित नयाँ संस्कृति र अवधारणा बुझ्न सघाउँछ । यो विशेष किसिमले लेखिएको सफल उपन्यास हो । - डा रमेशकुमार ढुङ्गेल, प्राध्यापक

तिब्बत विलयपछिको जोरजुलुम सहन नसकेर दुर्लङ्घ्य हिमपर्वत र नदी छिचोल्दै नेपालको भूगोलसम्म आइपुगेका शरणार्थीहरूको कहानी हो, दुङाल | तन र मनका असङ्ख्य घाउचोट बोकेर यता आए पनि तिनको दुःख र कष्ट उस्तै छन् । देश गुमाउनुको अथाह पीडानुभूति अनि शरणार्थी जीवनको अन्त्यहीन अनिश्चितताबीच पनि यसमा एक युवतीको असाधारण प्रेमगाथा छ । यसले दशकौंदेखि जीवन र परिचय खोज्दै भौतारिइरहेका तिनै अनागरिकहरूको आर्तनाद बोकेको छ ।