Dharatal

Dharatal

Prabasdekhi karawassammako samsmaran

धरातल: प्रवासदेखि करावाससम्मको संस्मरण

Paperback
Rs 500

पुस्तकको बारेमा

लेखिएका अक्षरहरू नै भोलि इतिहास बन्छन् । लेखनले नै संसारका बडे बडे शासकहरूको कुर्सी हल्लाइदिन्छ । अभिव्यक्ति त आरिसका कारण पोखेपछि दुई चार दिनमै सामसुम । चुलोबाट उतारिएको तातो चियाजस्तै हो अभिव्यक्ति । तर, लेखन जति पुरानो उति ओजस्वी ।

सरकार आफैद्वारा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक किन गर्दैन ? त्यसभित्रका वास्तविकता बाहिर ल्याउन सरकार स्वयं किन डराइरहेको छ ? कुन शक्तिका कारण त्यो प्रतिवेदन सरकारी बाक्सामा थन्किन बाध्य छ ? यी यावत प्रश्नको रहस्य एकदिन उजागर होला नै ।

हजारभन्दा बढी गीत सङ्गीतको सर्जक, दर्जनभन्दा बढी पुस्तकको लेखक, राज्यले राष्ट्रिय प्रतिभा पुरस्कारदेखि गोरखा दक्षिणबाहुसम्म दिने एक भूमिपुत्र थारु पुत्रलाई विनाकारण दोषी करार कसले कुन राजनैतिक स्वार्थमा गरिरहेको छ ? यसको जवाफ राज्यले दिनैपर्छ । होइन भने सरकार ! न्याय दिन सक्दैनौ भने टुँडिखेलमा मृत्युदण्ड देउ । अन्यायपूर्वक दिनदिनै मरिरहनुभन्दा हाँसिहाँसि मृत्यु स्वीकार छ । तर, सरकार मेरो मृत्युपछि पिशाच बनेर भड्किने आत्माले पनि धेरै वर्षसम्म न्याय ! न्याय !! न्याय !!! को हुँकार फलाकी रहनेछ ।
Dharatal (Chaudhari) – Resham Chaudhari