Debre Aankha

Debre Aankha

देब्रे आँखा

Paperback
Rs 450
Genre:Stories
Language : Nepali
Paperback
Weight:300 g

पुस्तकको बारेमा

साहित्यकार रेशम विरहीको झण्डै चार दशक लामो लेखको त्रिआयोमिक दसीको रूमा देब्रे आँखा आएको छ। यो कसरी भने थी फुटकर लेखहरूमा उनको साहित्यिक भोगाइ त छँदैछ, यो साथसाथै राजनीतिक एवम् पत्रकारिताको विपुल अनुभव पनि विश्वसनीय प्रकारले सँगालिएको छ। यसका निम्ति कवि मित्र रेशमलाई मेरो हार्दिक बधाई !
- विमल निभा/कवि

पृथक लाग्ने विषयवस्तु टिपी तिनलाई बेग्लै किसिमको बिम्वविधानमा उनेर राम्राराम्रा कविताको रचना गर्दै आएका रेशम विरहीले आफ्नो पहिलो निबन्ध सङ्ग्रह देब्रे आँखाबाट आफू उत्कृष्ट कवि मात्र होइन, उम्दा निबन्धकार पनि भएको प्रमाणित गरेका छन् । जीवन र जगत्लाई हेर्ने सूक्ष्म अन्तर्दृष्टि र वैयक्तिक अनुभव र अनुभूतिलाई वृहत्तर .सामाजिक सरोकारसँग जोड्न सक्ने क्षमता भएका, देब्रेतिर ढल्केको राजनीतिमा विश्वास गर्ने यी सर्जकको नेपाली आख्यानेत्तर गद्यको क्षेत्रमा भएको प्रवेश नेपाली साहित्यका पाठकहरूले पाएको एउटा बढिया उपहार हो ।
- हरि अधिकारी/साहित्यकार, समीक्षक