Coma

A Political Sex

 

कोमा


Paperback
Rs 250
Genre: Drama
Language: Nepali
Published: 2014
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937280143
ISBN10: 9937280141
Pages: 99
Weight: 125 g

पुस्तकको बारेमा

सापेक्षिक आग्रह–पूर्वाग्रहको सीमाबाट निस्केर नेपाली समाज, राजनीति र मनोविज्ञानलाई नियाल्ने निष्पक्ष रङ्गमञ्चीय प्रयास हो ।

कुण्ठा, अनैतिकता र एकाधिकारी मनोविज्ञानबीचको विरोधाभास नाटकका पात्रहरूमा पाइने विशेषता हुन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

कोमा समकालीन त्रासदीको एउटा जीवन्त अभिलेख हो । कुमार नगरकोटीले यस नाटकका माध्यमबाट आजको समयका कठोर विसङ्गतिहरूलाई अत्यन्त सूक्ष्म रूपमा अभिव्यञ्जित गरेका छन् । यस नाटकले नेपाली नाट्य परम्परमा एउटा नवीन आयाम थपेको छ। - विप्लव ढकाल/कवि

'कोमा A Plitical Sex' हेरिसकेपछि म बौद्धिक रूपमा, मानसिक रूपमा र काव्यिक रूपमा स्खलित भएको अनुभव गरे । नेपाली नाटकमा यस्ता प्रयोगहरू विरलै हुने गर्छन् । - श्रवण मुकारुङ/कवि

नगरकोटीको 'कोमा' पात्र समकालीन छ । सजीव छ । समकालीन नेपाली साहित्यमा यस्ता पात्रहरूको प्रयोग भएको छ । यो पात्रमाथि निएको यो नाटक हेर्दै जाँदा हामीलाई कवि श्रवण मुकारुङको बिसे नगर्ची पात्रको सम्झना हुन थाल्छ । ऊ बौलाएको छ । उपन्यासकार सञ्जीव उप्रेतीको घनचक्कर उपन्यासभित्रको मुख्य पात्रको सम्झना हुन थाल्छ । ऊ पनि भग्नमनोदशाको अवस्थामा छ । सायद नेपालीहरूले बाँचेको समय बुझ्न, तिनको जीवन बुझ्न सिङ्गो कतै पनि चोट नलागेको, कतै नभाँचिएको मानिसले सक्दैन । कोमाले भन्छ, पीडा ठूलो छ । - डा. शिव रिजाल