Chiriyeka Paitala
Chiriyeka PaitalaChiriyeka Paitala

Chiriyeka Paitala

चिरिएका पैताला

Paperback
Rs 250
Genre:Poetry
Language: Nepali
Published:January 02, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937111560
ISBN10:9937111560

पछिल्लो बाहिरी पृष्ठबाट

साँच्ची नै कविताका बिम्बहरू चिरिएका छन् । उपमाहरू चिरिएका छन् । प्रतीकहरू चिरिएका छन् । भाव-अभिव्यञ्जनाको यस युगना कथित कविहरू मलहमको खोजमा आफैँ हराइरहेका छन् । यस युगीन सङ्कटकालमा रोशन तिमिलिानाको यस कवितासञ्चयनले कही नवीन आशा जगाएको छ । नवपुस्ताका कविहरूका अभिव्यक्ति र सामर्थ्यको एक सुन्दर उदाहरण यी कविता बन्न सक्छन्, म विश्वस्त छु ।
- सरुभक्त

हृदयको भित्री कुनाबाट जब संवेदना परिपक्व भएर अभिव्यक्त हुन्छ त्यतिखेर कविता लिपिवद्ध हुन आतुर हुन्छ । त्यतिबेला लेखिएका कविता प्रयत्न मात्र बन्दैनन् । ती प्राप्तिमा रूपान्तर हुन्छन् - भन्नेमा म विश्वस्त छु । कवि रोशन तिमिल्सिनाका कविताहरू पढदा कविता हृदयको गहिराइबाट प्रस्फुटित भएको अनुभूत हुन्छ । म यसमा उनको सुन्दर भविष्य देख्दछु ।
कविता लेख्न जीवन र जगतको गम्भीर अध्ययनको आवश्यकता हुन्छ । त्यसलाई अभिव्यक्त गर्न आफ्नै शिल्पको निर्माण गर्नुपर्छ । त्यसको अनिवार्य शर्त हो साधना। रोशनको सपनाले निरन्तरता पाउन सके- उनका कविता नेपाली साहित्यको प्राप्ति बन्नेछ । मेरो हार्दिक शुभकामना ।
- तीर्थ श्रेष्ठ