Chhaughar

Chhaughar

छाउघर

Paperback
Rs 315Rs 350
Genre:Novels
Language: Nepali
Published:October 2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665117
ISBN10:9937665116
Pages:220
Weight:173 g

About the Book

स्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याउँछिन्  । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन्— बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन्— छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् । बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।