Banira Giri
Banira GiriBanira Giri

Banira Giri

वानीरा गिरी: नेपाली साहित्यका विश्व नारी रत्न

Paperback
Rs 250
Genre:Biography
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937119085
ISBN10:9937119081
Weight:118 g

पछिल्लो बाहिरी पृष्ठबाट

वानीरा गिरीजस्ती उचाइ भएकी स्रष्टाको 'नेपाली साहित्यका विश्वनारी रत्न' को सम्मानबाट समुचित मूल्याङ्कन भएको छ । हामी नेपाली धन्य र कृतार्थ रहेछौं भन्ने प्रमाण पनि यही। हो । यसका लागि नइलाई जति जस दिए पनि हन्छ ।
-डा.सत्यमोहन जोशी (वाङ्मय शताब्दी पुरुष)
जीवनी लेखनका सिद्धहस्त शिल्पी नरेन्द्रराज प्रसाईद्वारा लेखिएको 'नेपाली साहित्यका विश्व नारी रत्न : वानीरा गिरी' नामक प्रस्तुत ग्रन्थले नेपाली जीवनी साहित्यको अन्वेषणपूर्ण मौलिक स्वरूपको समेत प्रतिनिधित्व गरेको अनभति हन्छ । डा.वानीरा गिरीका जीवनका विविध आयामलाई समेटेर लेखिएको यो रोचक जीवनी नरेन्द्रीय शैलीको थप अर्को आकर्षक कृति पनि हो । नरेन्द्रीय लेखनको मूल विशेषता भनेको कथ्य र तथ्यलाई ऊर्जित र सजीव तुल्याई विशेष मर्मस्पर्शी रूपमा प्रस्तुत गर्न सक्ने विशिष्ट काव्यात्मक गद्यशैली मानिन्छ जुन विशेष सशक्त र पाइनदार अनि उस्तै चहकदार र रसिलो पनि हुने गर्दछ ।।
-प्रा.डा.वासुदेव त्रिपाठी (महासमालोचक)
नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरीको जीवनीकृति प्रसाईद्वारा लेखिएका जीवनीका परम्परामा नयाँ कडी बनेर आएको छ । निबन्धात्मक भावसंवेग, काव्यात्मक भावशिल्पको औपन्यासिक संयोजनलगायतका विशेषताहरू समेटिएको यो जीवनी आफैंमा एक विशिष्ट सिर्जना हो।।
-प्रा.राजेन्द्र सुवेदी

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode