Delivery in 1-3 days
यी निबन्धमा आजको समयलाई आवश्यक प्राज्ञिकता, ऊर्ध्व सोच र प्रतिप्रश्न गर्ने चरित्रको बलियो अनि उम्दा खबरदारी गरेको भेटिन्छ । अध्यात्म, विज्ञान, पुराण, अर्थतन्त्र वा समाजशास्त्रका दृष्टान्तलाई चुनौती दिएर उभिएका निबन्धहरूमा उनको वैचारिक इन्द्रेनी अप्रतिम पाएको छु । कति धारिलो सोच, तेजिलो हेराइ र सुगठित तार्किकता । यो कृतिसँगै समयले एउटा गम्भीर लेखनी प्राप्त गरेको अनुभव भएको छ ।
-युवराज नयाँघरे
आजको नेपाली समाज तीव्र परिवर्तनको सङ्क्रमणबाट गुज्रिरहेको छ । पुराना मान्यताहरू भत्किरहेका छन्, नयाँ मूल्यहरू अझै स्थिर भइसकेका छैनन् । यस्तो सङ्क्रमणकालमा यस्ता निबन्धहरू केवल साहित्यिक रचना मात्र होइनन्, समयसँग गरिएको बौद्धिक संवाद हुन् । यी रचनाहरूले समाजलाई मात्र होइन, आफैँलाई पनि नयाँ दृष्टिले हेर्न सिकाउँछन् ।
- रजनी काफ्ले ढकाल
अनुपम रोशीका निबन्धहरू निर्बन्ध छन्, सीमाहरू भत्काउँछन् र विद्रोहको बुर्कुसी मार्छन् । 'शिवलिङ्ग' को पूजा हुने समाजमा 'पार्वतीयोनि' को अस्तित्वचित्र स्थापना गर्न खोज्छन् । कमरेडभित्र कर्मको सौन्दर्य र महामुनिभित्र मानवीय संवेग खोज्छन् । पितृसत्ताका चोक चौराहमा विद्रोहको मसाल बाल्न पुग्छन् । पुरातन समयदेखि वर्तमानसम्म पसारिंदै आएका जड, पुरुषप्रधान र स्वतन्त्रताविरोधी विचारसँग टकराउँछन् । निबन्धको घेरा नतोडी जीवनका कथाहरू अभिव्यक्त हुन्छन् । आफैँमा बहसको एक आह्वान हो यो किताब । यो सङ्ग्रहका निबन्धहरू वास्तविक अर्थमा विद्रोही विचार-कथा हुन् ।
-युग पाठक
Your review helps others make informed decisions
Click on a star to start your review