Bhag ra Bhog

Bhag ra Bhog

भाग र भोग

Paperback
Rs 395

पछिल्लो बाहिरी पृष्ठबाट

पर्वतको मल्लाज गाउँमा जन्मिएका शिवकुमार श्रेष्ठ पेसाले पस्मिना व्यवसायी र बैङ्किङ क्षेत्रका प्रवर्द्धक हुन् । सामान्य व्यापार र कृषि पेसामा रहेका परिवारको छत्रछायामा जन्मे हुर्केका शिवकुमार आफ्नै बलबुता र सङ्घर्षका भरमा नेपालको पस्मिना व्यवसाय जगत्मा एक अभियन्ता एवं प्रवर्द्धकसमेत बने । एउटा साधारण मान्छेको जीवन सङ्घर्ष र सपना- सङ्घर्षको मिहिन दस्तावेज हो यो- ‘भाग र भोग’ ।
एउटा निकै चल्तीको नेपाली गीतले भन्छ- ‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्, हुन्छन्, भनिएका कुरा झुटा झुटा झुटा हुन्छन्… ।’ यो पुस्तक पनि ठीक यस्तै छ- नभनेरै मीठो र भनेर पनि झूटो लाग्न सक्ने असंख्य कथानक यो पुस्तकमा पाउन सकिन्छ।