Bastima Aago

Poems during Corona Virus Lockdown

 

बस्तीमा आगो: कोरोना बन्दाबन्दी शृङ्खलाका कविता


E-book
Rs 100
Paperback
Rs 180 Rs 200
Send as Gift!
Genre: Poetry
Language: Nepali
Published: July 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937075947
ISBN10: 9937075947
Pages: 124

पुस्तकको बारेमा

कवि वासुदेव अधिकारीको 'बस्तीमा आगो' कवितासंग्रह आठौँ कृति हो । यो २०७६ साल चैत्र ०२ देखि २०७७ साल श्रावण ५ गतेसम्म लेखिएका एकसट्ठीओटा गद्यकविताहरूको संग्रह हो । यसमा बन्दाबन्दीको अवधिभित्र प्रायः हरेक दिनजसो लेखिएका कोरोना प्रभावित विषयमा आधारित कविताहरू समेटिएका छन् । चीनदेखि पश्चिमी मुलुक हुँदै नेपालसम्म आइपुगेको कोरोनाको कहर र नेपालमा लागु गरिएको लकडाउन अर्थात् बन्दाबन्दीको प्रभाव–विशेष नै सङ्कलित कविताका मुख्य विषय हुन् । यद्यपि यी सबैजसो कविताहरूमा कोरोना सँगसँगै अन्य युगीन विकृति विसङ्गतिपरक विषयवस्तुसमेत अभिव्यञ्जित भएका छन् । अर्थात्, बन्दाबन्दीकेन्द्री नेपाली परिवेशसँगै विकसित कविका अनुभूति र कोरोनाको तापिलो प्रभावजन्य यथार्थपरक विषयहरूको सँगालोका रूपमा 'बस्तीमा आगो' कवितासंग्रह तयार भएको छ ।

कविले कोरोनाकै केन्द्रीयतामा सम्पूर्ण विषयहरू समेटेकाले यो कृति निश्चय नै कोरोना प्रभावित मानिन्छ । यसलाई सम्भवतः नेपालकै पहिलो प्रकाशित कोरोनाकेन्द्रीत कवितासंग्रहको रूपमा लिन सकिएला । । 


RELATED BOOKS