Bandabandika Taranga
Bandabandika TarangaBandabandika Taranga

Bandabandika Taranga

बन्दाबन्दीका तरङ्ग

Paperback
Rs 300
Genre:Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937092814
ISBN10:9937092817

पुस्तकको बारेमा

 'बन्दाबन्दीका तरङ्ग' शीर्षकको यो कवितासङ्ग्रहमा दुई सयवटा गीतिकविता सङ्ग्रह गरिएका छन् ।यस सङ्ग्रहमा वर्तमानमा आफूले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा भोगेका, सुनेका पढेका चिन्तन-मनन गरेका कल्पना, भावना र समसामयिक यथार्थ भावलाई समेटेर रचना गरिएका गीतिकविता हुन् । कतिपय समसामयिक नेपालको राजनीतिक दुराअवस्था, दिशाविहीनता, सिद्धान्तहीनता, अन्योल, नेतृत्वमा देखिएको अपरिपक्वता, असक्षमतालाई व्यङ्ग्यात्मक किसिमले रचना गरिएका छन् । कतिपय गीतिकविता राष्ट्रप्रेम, प्रकृतिप्रेमभावका गीतिकविता छन् । नेपाली युवालाई अठोट, सङ्कल्पका लागि आह्वान गरिएका भाव समेटिएका छन् । मानवीय मूल्य मान्यताको खोजी गरिएका छन् । केही गीतिकवितामा नेपाल नेपालीको गौरवता पौरखताको महिमागान गरिएका छन् । वर्तमानको अस्तव्यस्त बेथिति र राजनीतिको नीतिहीनता, गतिहीनता, सिद्धान्तविहीनताको दूर अवस्थामा विद्रोहका भाव समेटिएका असन्तोष व्यक्त भएका छन् । त्यसै गरी केही गीतिकविता भगवान् श्रीराम, श्रीकृष्णप्रति भक्तिभाव भएका रचना छन् । त्यसै गरी जीवन र जगतप्रतिको दृष्टिकोण भएका छन् । केही आत्माबोध भएका पनि समाविष्ट रहेका छन् ।

RELATED BOOKS