12 Khari Utkrista Katha 2081's front cover

12 Khari Utkrista Katha 2081

१२ खरी उत्कृष्ट कथा २०८१
12 Khari Utkrista Katha 2081's front cover12 Khari Utkrista Katha 2081's back cover

E-book

Rs 225

Paperback

Rs 625

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

बादल देखिँदै थियो । बादल देखिएपछि चिसोले च्याप्थ्यो र झरिहाल्थे हिउँका फूलहरू । आज पनि दाउराको भारी फालेर पालको ढोका खोल्न सुरसार गर्दै थिइन् रिन्जेन । अलि तल फेदीतिर मान्छेको हुल देखिन् उनले । रोकिए उनका हातहरू । ओहो ! यति धेरै मान्छे उनले कहिल्यै देखेकी थिइनन् । ती मानिसहरू उनकै पालतिर आइरहेका थिए । लुगाफाटो उस्तै भए पनि ती मानिसहरू चिनेका गाउँलेहरू थिएनन् ।
- माग्युद् खोना

तर उनलाई थाहा भयो, यो काम सोचे जस्तो सजिलो छैन । सपनाको अँध्यारो दुनियाँ केवल प्रविधिको सीमामा सीमित थिएन । नवदृष्टिले सरकारी निकायहरू र शक्तिशाली व्यापारिक सङ्गठनहरूसँग पनि साँठगाँठ गरेको थियो । सपना इन्जिन सत्ताको हालीमुहालीमा रहेका नेता र माफियाहरूका लागि आमजनताको मस्तिष्कमा नियन्त्रण राख्न सकिने अस्त्र बनिसकेको थियो । सपना इन्जिन उनीहरूको सत्ता स्वार्थका लागि अब जरूरी भइसकेको थियो ।
- कृत्रिम सपना

एक दिन खाली पिरियडमा म कदमको फेदमा बसिरहेको थिएँ । त्यही बेला आदित्य पनि धारामा पानी खान आयो । मलाई उसले खुट्टा खोच्याएर हिँडे जस्तो लाग्यो । 'के भयो' भनेर सोधें । 'काँटी घुस्यो' सर भन्यो । यसरी भन्यो कि मानौँ उसका लागि खुट्टामा काँटी भासिनु पनि सामान्य हो । तर आजको उसको । गतिविधि हेर्दा उसलाई ठूलै चोट लागेको अनुमान गर्न सकिन्थ्यो ।
- मैले देखेको विद्यालय

All Editions

9789937790406
Paperback
ISBN13: 9789937790406
FinePrint, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review