Axarash
AxarashAxarash

Axarash

अक्षरशः

Paperback
Rs 355Rs 395
Genre:Literature/Essays
Language: Nepali
Published:2022
Edition:1st

पछिल्लो बाहिरी पृष्ठबाट

भुवन ढुंगानाको निबन्धसंग्रह अक्षरशः उनी बाँचेको समयको साँचो अभिव्यक्ति हो । उनका निबन्धमा पञ्चायतकालीन कठोर समयदेखि गणतन्त्रको खुला व्यवस्थासम्मको कालखण्ड प्रतिविम्बित छन् । यी निबन्धहरूमा सामाजिक-राजनीतिक परिवर्तनको स्वरूपसँगै तिनका विसंगत पाटोलाई उनले फरक कोणबाट बुझाएकी छन् । बीपी कोइराला, पारिजात, भीमबहादुर तामाङ, तारिणीप्रसाद कोइराला, शैलजा आचार्य, वाशु शशिलगायत व्यक्तित्वसँगको निकटता र उनीहरूप्रतिको आफनो दृष्टिकोणलाई उनले खुलस्त राखेकी छन् ।

आख्यानकला र कवित्वमा उत्तिकै प्रखर ढुंगानाका निबन्ध वैचारिक चेत र शिल्पले माभिएका छन् । बीसको दशकदेखि विविध विधामा उत्तिकै सशक्त कलम चलाइरहेकी भुवनको निरन्तरता नेपाली साहित्यका लागि ठूलो योगदान हो । उनको 'युद्धको घोषणा गर्नुअघि', 'धर्मविम्ब' र 'परित्यक्ता' उपन्यास प्रकाशित छन् । अक्षरशः उनका रचनाहरूको नयाँ सोपान हो ।

 

RELATED BOOKS