Atomic Habits's front cover

Atomic Habits

एटमिक हयाबिट्स: असल बानी बसाल्ने खराब बानी त्याग्ने सरल र अचूक उपाय
Atomic Habits's front coverAtomic Habits's back cover

Paperback

Rs 800

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

हरेक दिन एक प्रतिशत सुधार गर्ने क्रान्तिकारी तरिका
मानिसलाई लाग्छ, जीवनमा परिवर्तन ल्याउन ठूलै योजना चाहिन्छ तर विश्वप्रसिद्ध बानीविज्ञ जेम्स क्लियरले अर्कै तरिका पत्ता लगाए । उनका अनुसार स-साना निर्णयको संयुक्त प्रभावले मात्रै वास्तविक परिवर्तन हुन्छ । दैनिक दुईपटक पुस-अप गर्ने, पाँच मिनेट छिटो उठ्ने वा एक पृष्ठ बढी पढ्नेजस्ता स-साना बानीका उदाहरण दिन्छन् उनी ।
स-साना फेरबदल जीवन नै उलटफेर पारिदिने परिवर्तनमा विकसित हुन सक्छन् भन्ने कुरा क्लियरले यो अभूतपूर्व किताबमा स्पष्ट पारेका छन् । उनी मनोविज्ञान र स्नायुविज्ञानका खोजको निष्कर्षमा टेकेर स-साना बानीको महत्त्वबारे चर्चा गर्छन् । साथै, जीवनमा उलटफेर ल्याउन सक्ने केही सजिला तरिका पनि सुझाउँछन् । अनेकौँ तरिका सूत्रबद्ध तवरमा सिकाउँदै किताबले शुरुदेखि समापनसम्म व्यवहार परिवर्तनका चार नियम सम्झाउँदै जान्छ । स-साना बानीको सुधारले सफलता हासिल गरेका अनेकौं प्रसिद्ध मानिसका कथा यस पुस्तकका थप आकर्षण हुन् ।

यी स-साना परिवर्तनले तपाईंको करिअर, सम्बन्ध र जीवनमै आमूल फेरबदल ल्याउनेछन् ।
“एकदमै प्रयोगात्मक र उपयोगी पुस्तक !”
- मार्क म्यानसन, लेखक, द सटल आर्ट अफ् नट गिभिङ फ
“यो चित्ताकर्षक र व्यावहारिक किताबले तपाईंलाई खराब बानी हटाउन र असल बानी बसाल्न मार्गदर्शन गर्नेछ ।”
- एडम ग्रान्ट, लेखक, ओरिजिनल्स
“हरेक दिन र जीवनप्रति तपाईंको दृष्टिकोण बदलिदिने एउटा विशेष किताब !”
– रायन होलिडे, लेखक, द अब्स्ट्याकल इज द वे

All Editions

9789937997959
Paperback
ISBN13: 9789937997959
Book Hill, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review