Genre: | Poetry |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937911313 |
ISBN10: | 9937911311 |
Pages: | 119 |
Weight: | 98 g |
Published: | 1972 |
आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभद्वारा लेखिएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०२९ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो ।
देवराजजी भन्नुहुन्थ्यो- "देवराज, तिमी नेपालबाट आयौ, लौ के के देख्यौ भन, भन्नुभयो रमण महर्षिले । तर, मैले बयान गर्दागर्दै महर्षि त बेपत्ता भइसक्नुभयो समाधिस्थ अवस्थामा... ।" रामकृष्ण परमहंस पनि त्यस्तै हुनुहुन्थ्यो । एउटा राम्रो गुलाफ फूल छोयो, कसैले एउटा राम्रो गीत गायो, स्वर्गीय आनन्दले परमहंसलाई समायो | म अहिले ईश्वरवल्लभजीलाई त्यही हाइटमा नै हुनुहुन्छ भनेर दावा गर्दिनँ तर त्यहाँ पुग्न एप्रोच गर्न खोज्ने कवि उहाँ हुनुहुन्छ ।
- बालकृष्ण सम
वल्लभजीको कविता पढ्दाखेरि एउटा समाधिस्थ अवस्थामा पुगेको जस्तो, जीवनदेखि उकालो धेरैमाथि पुगेजस्तो, जीवनलाई छाडेको जस्तो हुन्छौं । यो साँच्चै नै हो । काण्टको अव्यावहारिकता हामीले जेलाई भन्थ्यौँ त्यहाँ पुग्ने कोसिस गर्दा यसो जन्मेको हो ।
- इन्द्रबहादुर राई