25 years of Nepali Magazine

25 years of Nepali Magazine

नेपाली म्यागेजिनका २५ वर्ष

Edited by Arjun Panthi, Edited by Pratyoush Onta, Edited by Harshman Maharjan
Paperback
Rs 400
Genre:History
Language : Nepali
Published: 2013
Paperback
Pages:438

पुस्तकको बारेमा

नेपाली म्यागेजिनको इतिहास एक शताब्दी पुरानो भैसक्यो । यसबीच करिब तीन हजार शीर्षकमा नेपाली म्यागेजिन प्रकाशन भए, जसमध्ये करिब दुई हजार पछिल्लो २५ वर्षमा निस्केका हुन् । नेपाली समाजको सांस्कृतिक अवयव बनिसकेका नेपाली म्यागेजिनबारे समग्रमा र प्रकृयाबद्ध अनुसन्धान भएको पाइन्न । त्यो कमी पुर्ने सानो प्रयास हो –  नेपाली म्यागेजिनका २५ वर्ष ।

वितेको अढाई दशकमा प्रभावशाली रहेका केही म्यागेजिनको जीवनबारे, र राजनीतिक दल, सामाजिक आन्दोलन, बजार, गैरसकारी क्षेत्र र मिडियासम्बद्ध व्यक्ति एवं संस्थासँग ती म्यागेजिनको सम्बन्धलाई यो पुस्तकमा समाविष्ट विभिन्न १५ लेखले केलाएका छन् । पञ्चायती व्यवस्थाको अवसानपछि नेपाली सार्वजनिक वृत्तको विस्तारमा म्यागेजिनले निर्वाह गरेको भूमिकालाई पुस्तकमा परख गरिएको छ । म्यागेजिन प्रकाशन उद्योगभित्र सम्पादकीय समूह निर्माण, विषयवस्तु उत्पादनको तरिका, विज्ञापन तथा बिक्रीको अवस्थाबारे पनि यसले जानकारी दिन्छ । मिडिया, राजनीति, इतिहास र समग्र नेपाली समाजबारे चासो एवं रूचि राख्नेलाई नेपाली म्यागेजिनका २५ वर्ष उपयोगी हुनेछ ।