Yogesh 'Varahakshetra'

योगेश 'वराहक्षेत्र'

योगेश 'वराहक्षेत्र' विगत डेढ दशकदेखि सुनसरी, मोरङलगायतका पूर्वी भेगमा पुराणवाचकका रूपमा लोकप्रिय हुनुहुन्छ । उहाँले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । 

यसअघि 'श्रीमद्देवीभागवत कथासार', 'श्रीमद्भागवत कथासार', 'सरल ज्योतिष', वराहक्षेत्रसम्बन्धि विभिन्न पुस्तक लेखिसक्नुभएका उहाँ वराहक्षेत्रको महत्त्वको प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ । अठारै पुराणका व्यवहारिक एवम् वैज्ञानिक व्याख्या गरेर सरल भाषामा पुस्तक निकाली आम हिन्दूजनका घरघरमा पुयाउने उहाँको अर्को अभियान पनि जारी छ ।

 

Books by Yogesh 'Varahakshetra'