Victor Pradhan

भिक्टर प्रधान

भिक्टर प्रधान नेपाल बालसाहित्य समाजको अध्यक्ष हुन् । उनले विगत लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान र अनुवाद कार्यमा सक्रिय रही विशेष योगदान पुर‍्‍‍‌याउँदै आएका छन् । वि. सं. २०३७ सालमा बालसाहित्यको इतिहास लेख्न नरहरि आचार्य, चूडामणि बन्धु र भिक्टर प्रधानको टिम बनेको थियो । त्यही समयदेखि नै प्रधान यस क्षेत्रको विकासका लागि काम गरिरहेका छन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् । उनीविभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाकासम्पादकका रुपमा सक्रिय छन् ।उनी मदन पुरस्कार गुठीका सदस्य हुन् ।

Books by Victor Pradhan