उमाकान्त पौड्याल बुद्ध भन्छन्, “धम्मेन न वणि चरे ।" अर्थात् धर्मको व्यापार नगरियोस । यस भनाइप्रति गहिरो आस्था राख्ने उमाकान्त पौड्यालले धर्मले मानव जीवन सरल, सहज र सुखमय बनाउने काममा सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् । धर्मका नाममा चलेका आडम्बरप्रति भने उनी असहमत छन् । २०२२ सालमा बागलुङमा जन्मिएका पौड्यालको बाल्यकाल र युवावस्था रुपन्देही अनि नवलपरासीमा बित्यो । जीवनवृत्तिका लागि कृषि, पशुपालन र बैङकको जागिर आदि कर्म गरेका उनी काठमाडौँमा सेवानिवृत्त जीवन बिताइरहेका छन् । पौड्याल विपश्यना ध्यानमा पनि गहिरो रूचि राख्छन् ।