Shubheksha Sharma

शुभेच्छा शर्मा

अङ्ग्रेजी साहित्य र कानुनमा स्नातकोत्तर गरेकी शुभेच्छा शर्मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत छिन् । काठमाडौंको विशालनगरमा जन्मिएकी उनी विगतमा किशोरकिशोरी लक्षित रेडियो कार्यक्रम पनि सञ्चालन गर्थिन् । यही कारण उनको लेखन किशोरकिशोरीका मनोदशा, तिनका भोगाइ र समाजको विसङ्गत पक्षप्रति लक्षित हुन पुगेको छ।

'अफेयर' उनको पहिलो उपन्यास हो । शहरिया अतिनिम्न र मध्यम वर्गीय एकल महिलाहरूको मनोदशा चित्रण भएको उनको अर्को उपन्यास पनि प्रकाशोन्मूख छ।

 

Books by Shubheksha Sharma