Shankar Tiwari

शंकर तिवारी

विद्यार्थी जीवनदेखि नै राजनैतिक-सामाजिक अभियानमा सक्रिय शंकर तिवारी राजनीतिक अध्येता एवं लेखक हुन् । कान्तिपुर दैनिकका स्तम्भकार तिवारी आर्थिक र समाज दर्शनमा गहन विचार राछन् । उनी बीपी कोइरालाको समाजवादी दर्शनलाई व्यावहारिक रूपमा समाजमा लागू गर्न संकल्पित छन् । नीति अनुसन्धान गर्ने संस्था पब्लिक पोलिसी पाठशालासँग सम्बद्ध उनका लेख-रचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा प्रकाशित छन् ।

तिवारीको सहसम्पादनमा नेपाली कांग्रेसः ऐतिहासिक दस्तावेजहरू प्रकाशित छ । गीताज्ञान प्रवेशिका उनको अनूदित कृति हो भने उनले नेपाली भाषाको प्रथम चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक एवं नेपाली कांग्रेसका संस्थापक डीबी परिहारको संस्मरण From India's Freedom to Nepal's Democracy: Memoirs of DB Parihar को सम्पादन गरेका छन् । उनको नयाँ पुस्तक समाजवादको निर्माण प्रकाशोन्मुख छ ।

 

Books by Shankar Tiwari