राजु रायमाझीको जन्म सर्लाही जिल्लाको ईश्वरपुर-१२ मा भएको हो । उहाँ हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । बैंकिङ क्षेत्रमा कार्यरत रहँदै नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखनप्रतिको आफ्नो लगावलाई निरन्तर अघि बढाइरहनुभएको छ । समाज, मानवीय सम्बन्ध, सङ्घर्ष र जीवनका सूक्ष्म अनुभूतिलाई संवेदनशील ढङ्गले साहित्यमार्फत अभिव्यक्त गर्ने उहाँको विशेष रूचि रहेको छ । पेशागत अनुभव, सामाजिक परिवेश र शागत अ जीवनका विविध भोगाइबाट प्राप्त अनुभूतिलाई कलात्मक रूपमा शब्दमा उतार्ने उद्देश्यले उहाँले लेखनयात्राको सुरूआत गर्नुभएको हो ।