Rajendra Tarakini

राजेन्द्र तारकिणी

राजेन्द्र तारकिणी (राजेन्द्रप्रसाद पन्त) एक प्रतिभाशाली कवि एवं लेखक हुन् । साठीको दशकको उत्तरार्धदेखि साहित्य क्षेत्रमा औपचारिक रूपले देखा परेका तारकिणी सम्भवतः नेपाली साहित्यका प्रथम श्रवणविहीन कवि/लेखक हुन् ! नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता (सन् २०१४) मा प्रथम भएका तारकिणीको पहिलो प्रकाशित रचना आमाको वेदना हो । वि.सं. २०६७ सालमा उनको खण्डकाव्य नारीपूजा रत्नपुस्तक भण्डार, काठमाडौंले प्रकाशित गरेको थियो । उनले एन.एम. शुभद्रा भानुभक्त काव्य पुरस्कार, धन-इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार, क्षेत्रीय ललितकला पुरस्कार लगायत एक दर्जन पुरस्कार/सम्मान प्राप्त गरेका छन् ।

Rajendra Tarakini's Facebook

Books by Rajendra Tarakini

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode