गोरखा जन्मघर भै राजधानी काठमाडौँ कर्मघर भएका लेखकसँग नेपाल सरकारको परराष्ट्र सेवामा तीन दशकभन्दा लामो सेवा गरेको अनुभव छ । परराष्ट्र सेवामा छँदा उनले मास्को, लन्डन, क्वालालम्पुर र ढाकामा लामो समय बिताएका छन् ।
कुटनीति, अर्थनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अलावा साहित्यको अध्ययनमा उनको विशेष झुकाव छ । उनको यसअघि ‘मैत्री एक्सप्रेस’ र ‘अविरल यात्रा’ नियात्रा संग्रह प्रकाशित छन् ।
‘नोस्टालजिया रिभिजिटेड’ उनको तेस्रो प्रयास हो ।