चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो। गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पूर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् ।‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका ‘उज्यालोतिरको यात्रा’ कविता सङ्ग्रह र ‘नेपाली साहित्य : मेरो दृष्टि’ समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।
चिरञ्जीवी वाग्लेलाई बहादुर शाहको लागि वि.स. २०८०को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Chiranjibi Wagle has been nominated for Padmashree Sahitya Puraskar for Bahadur Shah in 2080 BS.