विवेक ओझा मदन पुरस्कार विजेता नेपाली लेखक हुन्। ओझाको उपन्यास ऐँठनले विसं २०७९ को मदन पुरस्कार जितेको थियो। उनी गजल लेखनबाट उपन्यास लेखन यात्रामा डोरिएका हुन्।
ओझाले आफ्नो कक्षा १२ सम्मको पढाइ टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविबाट प्राप्त गरेका हुन्। त्यसपछि व्यवस्थापन विषयमा स्नातक काठमाडौंको नेपाल कमर्स क्याम्पस, मीनभवन र स्नातकोत्तरको पढाइ काठमाडौँकै शङ्करदेव क्याम्पसबाट पूरा गरेका हुन्।
Bibek Ojha is an author from Tikapur. He is the writer of the books "Ailani" and "Aithan." He has been honored with the prestigious Madan Puraskar 2079 for his groundbreaking book, "Aithan."