Bheshraj Rijal

भेषराज रिजाल

भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लियो र देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे ।

कृतिकार भेषराज रिजाल वि.सं. २०४७ सालदेखि २०५२ सालसम्म शिक्षक पेशामा आवद्ध रहेका र २०५३ सालदेखि हालसम्म निजामती सेवामा कार्यरत छन् । राप्ती परिषद् दाङमा आजीवन सदस्य रहेका नियात्राकार रिजाल नवप्रतिभा पुरस्कारवाट २०६१ मा पुरस्कृत भएका छन् भने २०७६ सालमा लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मानबाट पनि सम्मानित भएका छन् ।


Books