यात्रामा निक्लेपछि नदीहरू
कहिल्यै फर्केका छैनन्
कहिल्यै राेकिएका छैनन्
शरद हाेस् या वसन्त
या, शिशिर हाेस् गति निरन्तर हुन्छ
गर्जँदै, ढुङ्गाका कापहरूबाट निक्लन्छन्
पहाडहरूलाई अँगालोमा राख्दै
सुसेल्दै, सुसाउँदै, गाउँदै, गुन्गुनाउँदै
कतै भयङ्कर आवाज निकाल्दै
कतै नाच्दै ताण्डव
कतै बसेर गहिराे ध्यानमा
निरन्तर बग्छन्- बगिरहन्छन्
हिँडिरहन्छन् यात्रामा नदीहरू