आँखामा लुकाएको मायालुको तस्बिर
सम्झनामा सजाएका अतीतका इतिवृत्त
छातीभरि बोकेर हिँडेको देश
र युगभरि बाँचिआएको जीवनको निरपेक्ष आस्था
हराएपछि आँखैअघि अकस्मात
म ठ्याक्कै त्यस्तै भएको छु
जस्तो कि एउटा असफल प्रेमी
या ठरठेगान नभएको एउटा जीवात्म
अथवा एउटा त्यस्तो अभिषप्त अनागरिक
जो विचारविहीन समयमा हिँडिरहेछ
गन्तव्यविहीन यात्राका दिशाहीन गोरेटाहरूमा
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)