त्यो एक जमाना थियो

म अक्सर अँध्यारोमा तारा हेरेर टोलाउँथेँ र सोध्थेँ आकाशसँग अनेक प्रश्नहरू अनुत्तरित हुन्थेँ र खेल्थेँ आफ्नै मनसँग एउटा जिज्ञासु खेल जून हेरेर टोलाउँथेँ र सोच्थेँ,- कहाँबाट टिपेर ल्यायो होला आकाशले त्यो सेतो चम्किलो फूल भावुक हुँदै हेरिरहन्थेँ नदी प्रवाह हुन्थ्यो हृदयभरि संवेदनाको तरङ्ग निर्माण गर्थेँ मस्तिष्कभरि बगर र किनाराको फगत वियोगान्त कथाको पाण्डुलिपि निकैबेर सोचमग्न हुन्थेँ आकाशबाट पानी वर्षिनुको विस्मयतामा बिस्तारै म एकाकार भएँ समयको अविरलतासँगै पौडिन थालेँ ज्ञानका छालहरूमा हराउन थालेँ मस्तिष्क मन्थनमा बिस्तारै आश्चर्यचकित हुन छोडेँ हावाका वेगहरूमा मौसमका बदलावहरूमा दिन र रातका गोलचक्करहरूमा समयकाे अन्वेषणले हरेक आश्चर्यबोधलाई मबाट टाढा धकेल्यो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
  • Full access to e-Kavita library
  • Read or listen to new poems released periodically
  • Access old poems from e-Kavita poets
  • Subscription valid for 365 days from purchase
  • Read or listen to this poem.