म इतिहास नदी भएको छु
म धर्मचक्र युद्धले गाडिएको छु
हो, यो कुरा अतीतको
अजातशत्रु र विम्बसारको
युद्धको कथा
शंकराचार्यले जलाएको बौद्धग्रन्थको कथा
म पाण्डुलिपि
मानिसहरूको रगतैरगतले बिटुलिएको
त्यो खड्ग र तरवारले काटिएको
ती बालक, वृद्ध र युवक युवतीहरु
म नै हुँ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.