चौथो बेन्चबाट
त्यो फुच्ची केटीलाई
तिमी हेरिरहन्थ्यौ एकटक
र, लगभग यही समयमा
नेपाल कम्युनिस्ट पार्टीका
संस्थापक पुष्पलाल
आएका थिए रक्सौलसम्म
तिम्रा केही सहपाठी
आमोदकुमार अधिकारी
र महेन्द्रबहादुर अमात्यहरू
प्रतिबन्धित कम्युनिस्ट नेता
भेटघाट गर्न भनी
सीमापारि रक्सौलको
पुरानो सिनेमा हलनेरको
कुनै लजको दुई तल्लामाथि
चढेका थिए सुस्तरी
(चाँदनी लज सायद )
र त्यहाँबाट फर्केर तिमीलाई
असमान दुनियाँलाई फेर्ने
लाल विचारको जोश
र उत्साहसाथ बताएका थिए
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)