मैले उसको बाल्यकाल देख्नै पाइनँ
कस्तो थियो होला बच्चामा ऊ... ?
खुल्दुली लागिरहन्छ
कोही भन्थे-
ऊ उदाउँदो घामजस्तो थियो
म प्रश्न गर्थेँ-
कि, कोही जन्मदैमा गर्मी बोकेर जन्मिन्छ र ?
कोही भन्थे-
ऊ उदाउँदो जूनजस्तो थियो
मलाई ऊ-
त्यति शीतल जन्मेको थियो जस्तो पनि लागेन
कोही भन्थे-
ऊ भर्खर उम्रेको बिरुवाजस्तो थियो
मलाई ऊ-
त्यति कोमल थियो जस्तो पनि लागेन
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)